डोटीमा एक जनाको घरमा आगलागी

२०८१ माघ २७, ११:२६
डोटीः डोटीमा एक जनाको घरमा आगलागी भएको छ।
जिल्लाको केआई सिहँ गाउँपालिका–३ झिगा बस्तीका बाजी भुलको दुई तले ४ कोठे घरमा आइतवार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घरमा बिहानको खाना पकाउने क्रममा आगलागी भएको हो। उक्त आगलागी बाट भुलको करिब २ लाख, ५० हजार बराबरको क्षति भएको जनाइएको छ। आगलागी नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस