सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ट्रक दुर्घटना, चालक फरार

२०८१ माघ २७, १०:३७ खबर संवाददाता

डोटीः डोटीमा ट्रक दुर्घटना भएको छ।

जिल्लाको जोरायल गाउँपालिका–२ रुबसकाडा स्थित भीमदत्त राजमार्गमा बझाङ बाट धनगढी तर्फ आइरहेको चालक बझाङको बुंगल नगर पालिका–४का यज्ञ राज धामीले चलाएको भे १ ख ३७९३ नम्बरको खाली ट्रक दुर्घटना भएको प्रहरीले जनाएको छ। मोडमा टायरले काम नगर्दा ट्रक दुर्घटना भइ सडकबाट अन्दाजी १८ मिटर तल खसेको जनाइएको छ। दुर्घटनामा मानबिय क्षति भने भएको छैन्। ट्रक चालक धामी भने फरार छन्। उनको खोजि कार्य भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस