सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको एक भान्सा घर र गोठमा आगलागी

२०८१ माघ २७, ०७:५३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको एक भान्सा घर र गोठमा आगलागी भएको छ।

दोधारा चाँदनी नगरपालिका–९ झाक्रीटोल बस्ने कर्णबहादुर शाहीको भान्सा घर र गोठमा बिद्युतको तार सर्ट भई शनिवार आगलागी भएको हो। आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी एक लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस