सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ

२०८१ माघ २६, ०७:४६ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषध र चोरी मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएपछि फरार रहेका लम्कीचुहा नगरपालिका २ बस्ने २७ वर्षीय दिलिप ढकाल र चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र दश हजार जरिवाना तोकिएको जानकी गाउँपालिका ९ बस्ने २१ वर्षीय जिवन चौधरी पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई शुक्रवार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ।

कमेन्ट लोड गर्नुस