कैलालीमा माछा पोखरीमा खसेर एक महिला घाइते

२०८१ माघ २५, ०६:१६
धनगढीः कैलालीमा माछा पोखरीमा डुबेर एक महिला घाइते भएकी छन्।
जिल्लाको बर्दगोरिया गाउँपालिका–६ पृथ्बीपुरकी ४० वर्षीया सीता डगौरा घाइते भएकी हुन्। उनी बिहिवार आफ्नै घर नजिक रहेको माछा पोखरीमा खस्दा घाइते भएकी प्रहरीले जनाएको छ। घाइते महिला मृगीको रोगी भएको जनाइएको छ। उनको नवजीवन अस्पताल प्राली धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।




कमेन्ट लोड गर्नुस