आज कति छ सुनचाँदीको मूल्य?

काठमाडौँ: नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको हो।
यस्तै चाँदीको भने ५ रुपैयाँ बढेको छ। यससँगै शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको १ हजार ९८५ रुपैयाँ कायम भएको छ। यसअघि बिहीवार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ कायम भएको थियो। यसैगरी चाँदीको मूल्य तोलामा १ हजार ९८० रुपैयाँ थियो।



