डडेल्धुरामा १६ करोड ५० लाखका सुन्तला उत्पादन

धनगढी : डडेल्धुरामा १६ करोड ५० लाखका सुन्तला उत्पादन भएका छन।
कृषि ज्ञान केन्द्र डडेल्धुराले चालु आर्थिक वर्षमा १६ करोड ५० लाखको सुन्तला उत्पादन भएका हुन। जिल्लाको उच्च भेगका गाउँहरू, विशेषगरी अमरगढी, आलिताल, भागेश्वर, गन्यापधुरा लगायतका क्षेत्रमा सुन्तलाको खेती हुँदै आएको छ।
कृषि ज्ञान केन्द्रले तीन सय १० हेक्टरमा २७ सय मेट्रिक टन सुन्तला उत्पादन भएको बताएको छ।
चालु आर्थिक वर्षमा १६ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको डडेल्धुराले गत आर्थिक वर्षमा १६ करोड २० लाखको सुन्तला उत्पादन गरेको थियो।



