सुदूर नेपाललाई विश्वसँग जोड्दै

चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सुरु

२०८१ माघ २४, ११:३५

चितवनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएको छ।

जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासमा बुधबारदेखि नै थुनछेक बहस सुरु भएको थियो। तर, नसकिएपछि रविलाई न्यायीक हिरासतमा पठाइएको थियो। आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए। रविविरुद्ध सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको अभियोगमा मंगलबार जिल्ला अदालत चितवनमा मुद्दा दर्ता भएको थियो।

त्यसैले उनी बुधबार नै बयान दिन अदालत पुगेका थिए। बयान सकिएपछि थुनछेक बहस सुरु भएको थियो। थुनछेक बहस सकिएमा न्यायाधीशले साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे निर्णय लिने छन्।


 

कमेन्ट लोड गर्नुस