सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा खैरो हेरोइनसहित तीन जना पक्राउ

२०८१ माघ २४, ०८:३९ खबर संवाददाता

डोटीः डोटीमा खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्।

दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा चेकजाँच गर्दा दिपायल सिलगढी नगरपालिका-२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाल, आदर्श गाउँपालिका-५ बस्ने २२ वर्षीय दिनेश रोकाया र आदर्श गाउँपालिका-४ देहिमाण्डौ घर भई पिपल्ला कोठा गरी बस्ने १९ वर्षीय अर्जुन बोहरा पक्राउ परेका हुन्। तीनै जनालाई शुन्य दशमलव ४२० ग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस