सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु

२०८१ माघ २४, ०८:१७ खबर संवाददाता

बैतडीः बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

दशरथचन्द नगरपालिका-६ रोसिरगा बस्ने ७२ वर्षीय हरिदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घर नजिकै रहेको जङ्गलमा बुधवार बाख्रा चराउने क्रममा जोशी भिरबाट अन्दाजी ७०० मिटर तल खसेर घाईते भएपछि उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको हो।

कमेन्ट लोड गर्नुस