सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको फुलबारीमा कपडा पसलमा आगलागी, ६ लाखको क्षती

२०७६ असार १७, १२:५९ खबर संवाददाता

धनगढी उपमहानगरपालिका वडा नम्बर १४ को फुलबारी स्थित डिपो बजारमा रहेको एक कपडा पसलमा आगलागी भएको छ। डिपो बजारमा रहेको आरसी ओझा शपिङ सेन्टरमा आज बिहान विद्युत सर्ट भएर आगलागी हुँदा ६ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले  आज बिहान पौने ८ बजेको समयमा विद्युत सर्ट भएर पसलमा रहेका फेन्सी समानहरु जलेर अन्दाजी ६ लाख बराबरको क्षती भएको जानकारी दिए। उनले स्थानीयको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस