एकैदिन तोलामा २२ सय रुपैयाँले बढ्यो सुनको भाउ

काठमाडौँः सुनको भाउ एकैदिन तोलामा २२ सय रुपैयाँले बढेको छ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २२ सय रुपैयाँले बढेर १ लाख ६६ हजार ९०० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुनको भाउ तोलामा १९ सय रुपैयाँले बढेर १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको थियो। आज चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेर १९ सय ७५ रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार चाँदीको भाउ प्रतितोला १९ सय ३० रुपैयाँ कायम रहेको थियो।



