सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य स्थिर

२०८१ माघ २१, १२:२२

काठमाडौंः सुनको मूल्य आज पनि स्थिर रहेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार झैँ आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भई स्थिर रहेको छ।शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमबार पनि सोही गति लिएको हो। तर, आज चाँदीको भाउ भने घटेको छ। चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

कमेन्ट लोड गर्नुस