बाजुरामा कर्णाली पारीको गाउँपालिकालाई सडक सञ्जालसंग जोड्न ‘फेरी’ निर्माण हुँदै
बाजुराको कर्णालीमा पारी रहेको स्वामिकार्तिक खापर गाँउपालिकामा सडक यातायातको पहुँचमा पुगाउनका लागि कर्णालीमा फेरी निर्माण भईरहेको छ। गाँउपालिकाले आफ्नै लगानिमा फेरी निर्माण शुरु गरेको हो। सडक सञ्जालले नजोडिएको एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाँउपालिका भएकाले सडक सञ्जालसंग जोड्न फेरी निर्माण सुरु गरिएको गाँउपालिका अध्यक्ष चिरिन्जीवी शाहिले वताए। स्वामिकार्तिक खापर गाँउपालिका ४ सुईजिउला र जगन्नाथ गाँउपालिका १ पिलिचौरको बिचमा फेरि निर्माण हुन लागेको छ। फेरी मार्फत यातायातका साधान तार्ने योजना रहेको छ।
कर्णालि नदीमा पुल निर्माणका लागि धेरै लगानी आबश्यक पर्ने र अहिले त्यो सम्भव नभएकाले फेरि निर्माण गर्न लागिएको अध्यक्ष शाहिले वताए। १ करोड ७४ लाखमा निर्माण हुन लागेको फेरी ठेक्का सम्झौता भएर ६ महिना भित्र काम सम्पन्न हुने गाँउपालिका निमित्त प्रशासकिय अधिकृत कुबेर शाहिले वताए।