नगरसभापति कलौनीको अन्त्येष्टी, गृहमन्त्री लेखकद्धारा श्रद्धाञ्जली व्यक्त
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली कांग्रेस नगरसभापति अच्युतराज कलौनीको अन्त्येस्टी गरिएको छ।
कलौनीको आईतबार महाकाली नदी किनारमा अन्येष्टी गरिएको हो। कलौनीको पार्थिव शरिरमा कांग्रेसको झण्डा ओडाएर गृहमन्त्री रमेश लेखकले अन्तिम श्रद्धाञ्जली दिएका छन। श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालयमा राखिएको कलौनीको पार्थिव शरीरमा आइतवार कांग्रेसको झण्डा ओढाएर लेखकले श्रद्धाञ्जली दिएका हुन। श्रद्धाञ्जली सभामा कांग्रेस नेता, कार्यकर्तासहित सर्वसाधारणको उपस्थिति रहेको थियो।
शनिवार बिहान भीमदत्त नगरपालिका–१८ स्थित मामाभान्जा चोकनजिक सडकपेटीमा कलौनी मृत अवस्थामा फेला परेका थिए। कलौनीको घटना छानबिनका लागि भिसेरा परीक्षण गरिएको छ। फरेन्सिक परीक्षण रिपोर्ट आउन बाँकी रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए।