सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणका लागि टिम दर्ता खुल्ला

फाईल फोटो
फाईल फोटो
२०७६ असार १६, ०३:०२ खबर संवाददाता

कार्तिक १६ देखि सञ्चालन हुने लिटल फ्लावर प्रिमियर लिगको चौथो सस्करणका लागि टिम दर्ता खुल्ला गरिएको हो। आयोजक संस्कार क्रिकेट एकेडेमी धनगढीका अध्यक्ष रामचन्द्र शाहीले असार २५ गते सम्मका लागि टिम दर्ता खुल्ला गरिएको बताए। 
गत वर्ष १९ वर्ष मुनिका ५ जना खेलाडीले प्रत्येक टिमबाट खेलेकोमा यस वर्षमा ४ जना मात्रै खेलाडीले एउटा टिमबाट खेल्न पाउने छन्।

प्रतियोगितामा देशभरका १२ टिमलाई सहभागी गराइने अध्यक्ष शाहीले बताए। प्रतियोगिताको पुरस्कार राशि दोब्बरले बढाइएको छ। विजेताले २ लाख र उप विजेताले एक लाख नगद सहित ट्रफी र मेडल पुरस्कार पाउनेछन् भने म्यान अफ दि सिरिजलाई १५ हजार तथा विभिन्न विधा उत्कृष्ट खेलाडीलाई १०–१ण् हजार नगद पुरस्कार दिईने छ। प्रतियोगितामा दर्ता शुल्क ३० हजार राखिएको छ। 

 

कमेन्ट लोड गर्नुस