सुदूर नेपाललाई विश्वसँग जोड्दै

झापामा कुटपिटबाट एक जनाको मृत्यु

२०८१ माघ १९, ११:४१

झापाः झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

कमल गाँउपालिका–७ का ४५ वर्षीय देबलाल चौधरीको कुटपिटबाट मृत्यु भएको जिल्ला  प्रहरी कार्यालय झापाले जनाएको छ। गत माघ १७ गते सोही स्थानका ३७ वर्षीय पुन्यप्रसाद बास्तोलाले चौधरीलाई सामान्य विवादको क्रममा कुटपिट गरेका थिए। घाइते चौधरीको उपचारको क्रममा लाईफ लाईन अस्पताल दमकमा मृत्यु भएको हो। घटनामा संलग्न बास्तोलालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस