सुदूर नेपाललाई विश्वसँग जोड्दै

रोटरी क्लब धनगढीद्वारा हावाहुरी पीडितका ४२ घर पुर्ननिर्माण

२०७६ असार १६, ०२:४९ खबर संवाददाता

धनगढी–रोटरी क्लव अफ धनगढीले हावाहुरी पीडितका ४२ वटा घर पुर्ननिर्माण गरेको छ। रोटरी क्लव अफ धनगढीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै झण्डै १० लाखमा जेठ २३ गतेको हावाहुरीले कैलालीमा क्षति पु¥याएका ४२ वटा घर पुर्ननिर्माण गरिएको जनाएको हो। रोटरी कल्व अफ धनगढीका निवर्तमान अध्यक्ष पुष्करराज ओझाले धनगढी उप–महानगरपालिका वडा नम्बर १ मा ८, वडा नम्बर २ मा ९, वडा नम्बर ८ मा ३, वडा नम्बर १० मा दुई, वडा नम्बर १२ मा पाँच, वडा नम्बर १५ मा ८ र कैलारी गाँउपालिकामा नौ गरि ४२ वटा घर पुनःनिर्माण गरिएको बताए। 

पीडितलाई राहत स्वरुप चामल, दाल, तेल, नून समेत वितरण गरिएको उनले बताए। ४० हजार बराबरको विपद व्यवस्थापनका सामाग्री समेत विपद व्यवस्थापन समितिलाई हस्तान्त्रण गरिएको उनले बताए। रोटरी क्लव अफ कोगराह अस्ट्रेलियाको चार लाख, सुदूरपश्चिम समाज अमेरिकाको २ लाख १९ हजार, सुदूरपश्चिम समाज पोर्चुगलको १ लाख ४० हजार र अमेरिकामा रहेका प्राध्यापक डाक्टर तुलसीराम जोशीको ३० हजार सहित कल्वले १० लाख घर पुर्ननिर्माणमा खर्च गरेको जनाएको छ। पत्रकार सम्मेलनमा रोटरी क्लव अफ धनगढीका पूर्व अध्यक्ष दीर्घराज उपाध्यायले रोटरी क्लवले एकल महिला, बृद्ध, अशक्त, बालबालिका र आर्थिक रुपले विपन्न परिवारहरुलाई प्राथमिकतामा राखेर घरहरु पुनर्निर्माण गरेको बताए। 

कमेन्ट लोड गर्नुस