सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुनिया बादी फौजदारी मुद्दामा दोषी ठहर धनगढीका साउद पक्राउ

२०८१ माघ १९, ०८:०२ खबर संवाददाता

धनगढीः दुनिया बादी फौजदारी मुद्दामा दोषी ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका–१३ का मोहन साउद पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीबाट दुनिया बादी फौजदारी बिबिध मुद्दामा १५ हजार जरिवाना तोकी फरार रहेका ४१ वर्षीय साउदलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शुक्रवार पक्राउ गरेको छ। उनलाई सोही ठाउँबाट पक्राउ गरी जिल्ला अदालत कैलालीमा पेश गरेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस