दुई जिल्लाबाट ५ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद
धनगढीः दुई जिल्ला कैलाली र कञ्चनपुरबाट ५ लाख बढी मुल्यको भन्सार छलीका सामान बरामद गरिएको छ।
कैलालीको बिभिन्न स्थानहरुबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख १२ हजार २२० बराबरको दाल, चिनी, चियापत्ति, खुर्सानी, बदाम, प्याज, सुर्ति, गुड्खा, बिडी लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।
यस्तै कञ्चनपुरबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २ लाख ९३ हजार १ सय बराबरको मोबाईलका डिस्प्ले, हाउजिङ्ग, मोबाईलका पार्टस, दाल, चियापत्ती, कपुर, खुर्सानी, बदाम, टीसर्ट, ट्राउजर लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।