सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सम्भावनाले भरिपूर्ण प्रदेश हो: प्रदेश प्रमुख मियाँ

२०८१ माघ १९, ०७:०३ खबर संवाददाता

डोटी: सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नाजिर मियाँले सुदूरपश्चिम प्रदेश सम्भावनाले भरिएको प्रदेश रहेको बताएका छन्।

शुक्रवार सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा यहाँको सिलगढीमा आयोजित बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रदेशको विकासका लागि तीनै तहका सरकारले समन्वय गरेर अघि बढ्नुपर्ने बताए। 

सुदूरपश्चिमलाई आफूले बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक ऐतिहासिक क्षेत्रको रूपमा चिनेको उल्लेख गर्दै देउडा, छलिया, हुड्केली, फाग, भुवा, चैते, धमारी, होली नाचलगायत विभिन्न संस्कृति सुदूरका चिनारी रहेको उनको भनाई थियो। बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा नेपाल र भारतका २४ बढी साहित्यकारको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस