सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सेती नदीमा एक जना वेपत्ता

फाईल फोटो
फाईल फोटो
२०७६ असार १६, ०१:५३

डोटीको सेती नदीमा फेरी एक जना बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ कुण्जेडी गाउँका ४० वर्षीय चक्रबहादुर कुण्जेडा मलामी गएका बेला नुहाउने क्रममा नदीमा वेपत्ता भएका हुन्। नगरपालिकाको वडा नम्बर ५ सेती नदी पुल नजिकैबाट उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लाल बहादुर धामीले  बताए। उनी आज दिउँसो साढे १२ बजे तिर नदीमा वेपत्ता भएका हुन्। उनको खोजी भइरहेको धामीले बताए। यो वर्ष मात्रै सेती नदीमा बगेर ९ जनाको मृत्यु भईसकेको छ। 

कमेन्ट लोड गर्नुस