सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ माघ १८, ०७:५६ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ ,  धनगढी उपमहानगरपालिका–४ सब्जिमण्डी, बसपार्क, धनगढी उपमहानगरपालिका–१८ थापाघाट, भजनी नगरपालिका–७ हिम्मतपुर र गोदावरी नगरपालिका–४ हनुमान मन्दिर नजिकबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ४ लाख २९ हजार ८५० बराबरको सामान बरामद गरिएको हो।

उक्त मुल्य बराबरको लेडिज सुट, साडी, झोला, ट्रयाक सुट, पि–क्याप, एयर बोर्ट, मोटरसाईकलका बिभिन्न पाटपुर्जा, मुगफलि (बदाम), सुर्ति, गुड्खा, बिडी, तम्माखु लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

यस्तै कञ्चनपुरको बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य ३२ हजार १९० बाराबरको सुर्ती, गुट्खा, बिडि, सलाइ, बिष्कुट, तेल, कुरकुरे लगायतका किराना सामान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी गस्ती टोलीले विवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस