सुदूरपश्चिममा तीन वर्षमा एक लाख ८२ हजार पर्यटकले भ्रमण गरे
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/475740268_28377414331873346_7798875330927045510_n.jpg?itok=LmmYSOWs)
धनगढीः सुदूरपश्चिम प्रदेशमा तीन वर्षमा एक लाख ८२ हजार पर्यटक भ्रमण गरेका छन्।
नेपाल राष्ट्र बैँकको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ देखि गत आर्थिक वर्षसम्म एक लाख ८२ हजार चार सय ९५ पर्यटकले सुदूरपश्चिम भ्रमण गरेका हुन।
नेपाल राष्ट्र बैँकको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ मा एक लाख ३१ हजार तीन सय ५४ पर्यटक, आर्थिक वर्ष २०७९/०८० मा २० हजार दुई सय १६ र आर्थिक वर्ष २०८०/०८१ मा ३० हजार नौ सय २५ जनाले सुदूरपश्चिम भ्रमण गरेका उल्लेख गरिएको छ।
नेपाल राष्ट्र बैँकको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा २४ हजार चार सय ४० जना भारतीय, आठ सय ५० चिनियाँ तथा पाँच हजार ६ सय ८५ पर्यटक तेस्रो मुलुकबाट सुदूरपश्चिम भ्रमणका लागि आएका उल्लेख गरिएको छ। सुदूरपश्चिममा उक्त आर्थिक वर्षमा ३० हजार ९ सय २५ जना बाह्य पर्यटकहरूले भ्रमण गरेका हुन। प्रदेशमा ५३ प्रतिशतले पर्यटकको सङ्ख्या बढेको नेपाल राष्ट्र बैँकको प्रतिवेदनले देखाएको हो।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
सुदूरपश्चिममा आर्थिक वर्ष २०८०/०८१ मा नमुना होटेलहरूमा स्वदेशी पर्यटक ४४ हजार १०३ जना, भारतीय पर्यटक १६ हजार ७७२ जना, चिनियाँ पर्यटक ५६४ जना तथा तेस्रो मुलुकबाट आएका तीन हजार ९६८ जना गरेर जम्मा ६५ हजार चार सय सात जना आन्तरिक तथा बाह्य पर्यटकहरूले भ्रमण गरेका छन।
![rojgar mela](https://dineshkhabar.com/sites/default/files/474217912_3011483635659265_4149502134924499851_n.jpg)
नेपाल राष्ट्र बैँकको वार्षिक प्रतिवेदनमा २०७९/८० मा २६१ दशमलव शून्य प्रतिशतले बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको उल्लेख गरिएको छ। १५ हजार आठ सय ८१ भारतीय, एक हजार २ सय २३ चिनियाँ र तीन हजार एक सय तेस्रो मुलुकका पर्यटक सुदूरपश्चिम आएका हुन। सुदूरपश्चिममा २०७९/०८० मा २० हजार दुई सय १६ जना बाह्य पर्यटक आएका छन्। राष्ट्र बैँकले २६१ दशमलव शून्य प्रतिशतले बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि जनाएको छ।
सुदूरपश्चिम प्रदेशका नमुना होटेलहरूमा स्वदेशी पर्यटक ३४ हजार २८१ जना, भारतीय पर्यटक ७ हजार तीन सय २९ जना, चिनियाँ पर्यटक पाँच ८१ जना तथा तेस्रो मुलुकका एक हजार तीन ७० जना पर्यटक बास बसेका थिए। सुदूरपश्चिम प्रदेशमा २०७९/८० मा ४३ हजार ५६१ जना आन्तरिक तथा बाह्य पर्यटकहरूले यस प्रदेशमा भ्रमण गरेको देखिएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा प्रदेशमा एक लाख २५ हजार ५ सय ६२ जना स्वदेशी, चार हजार ४ सय ७९ जना भारतीय, ८५ जना चिनियाँ तथा एक हजार दुई सय २८ विदेशी गरी जम्मा एक लाख ३१ हजार ३ सय ५४ जना पर्यटकहरूले भ्रमण गरेका छन्। २०७८/०७९ मा सुदूरपश्चिमका नमुना होटलहरूमा स्वदेशी पर्यटक ५२ हजार ८५८ जना, भारतीय पर्यटक १ हजार चार सय चार जना, चिनियाँ पर्यटक ३ जना तथा तेस्रो मुलुकबाट आएका चार सय ७१ जना गरी जम्मा ५४ हजार ७३६ जना पर्यटक यस प्रदेशमा भ्रमण गरेका छन्।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लाहरूमा ४६ वटा पर्यटक स्तरीय होटेल सञ्चालनमा रहेका राष्ट्र बैँको प्रतिवेदनमा उल्लेख गरिएको छ। पर्यटक स्तरीय होटेल तथा लजको सङ्ख्यामा चार दशमलव १७ प्रतिशतले कमी आएको छ। होटेलका शय्याको सङ्ख्या एक दशमलव ४७ प्रतिशतले घटेर एक हजार ६ सय ७ पुगेको छ।
सुदूरपश्चिममा चालु आर्थिक वर्षमा १८२ जना पुरुष तथा ६२ महिला गरी जम्मा २४४ जनाले छनौट गरिएका नमुना होटेलहरूमा रोजगारी पाएका छन्। प्रदेशमा रहेका ४६ वटा पर्यटक स्तरीय होटेलहरूमध्ये पर्यटकीय सेवा सुविधा तथा कर्जा लगानीका आधारमा नमुनाको रूपमा १० वटा पर्यटक स्तरीय होटेलहरूलाई नमुनाको रूपमा छनौट गरिएको प्रतिवेदनले देखाएको छ।
प्रदेशमा ५३ प्रतिशतले बाह्य पर्यटकको सङ्ख्यामा बढेको छ। सडकहरू सञ्जालको पहुँचसँग बाह्य पर्यटकको सङ्ख्यामा सुदूरपश्चिममा बढेको हो। प्रदेशमा होटेलहरूमा बास बस्ने पर्यटकको सङ्ख्या अझै धेरै रहेको छ।