कञ्चनपुरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ
२०८१ माघ १७, ०१:५६
कञ्चनपुरः कञ्चनपुरबाट भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्।
बुधवार लालझाडी गाउँपालिका–३ बस्ने पुन्ना राना घरमै लुकाएर राखिएको भरुवा बन्दुक सहित पक्राउ परेका हुन। उनलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कमेन्ट लोड गर्नुस