सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा जीप दुर्घटना : ६ घाइते, दुई जनाको अवस्था गम्भीर

२०७६ असार १६, ११:५२

डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन्। जिल्लाको आदर्श गाँउपालिकाबाट सायल जादै गरेको से १ च ९१७ नम्बरको जीप दुर्घटना हुँदा दुर्घटना हुँदा ६ जना घाईते भएको प्रहरीले जनाएको छ। गाउँपालिकाको वडा नम्बर ७ साईली गाड नजिक पर्ने गजेडा भन्ने स्थानमा भएको जीप दुर्घटनामा परी सायल गाउँपालिका १ का २७ वर्षीय राजु दमाई,  १५ वर्षीया बाटुली नेपाली, टीका नेपाली रहेका छन्। यस्तै आदर्श गाउँपालिका वडा नम्बर ७ का ३६ वर्षीय रमेश नेपाली, सोही ठाँउको सातलाका १२ वर्षीय महेश नेपाली, वडा नम्बर ६ गिरि चौकका चालक कटक सिलाल पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए।
चालक सिलाल र बाटुलीको अवस्था गम्भीर रहेको उनले बताए। घाईतेहरुलाई उपचारका लागि दिपायलको शैलेश्वरी अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक धामीले बताएका छन्। तर उनीहरुलाई अस्पताल भने पु¥याईएको छैन्। जीप सडकबाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस