सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ग्यालरीका एडमिन भण्डारीले असहायसंग मनाए जन्म दिन

२०७६ असार १६, ११:४६ खबर संवाददाता

फेसबुकमा धनगढी ग्यालरी गु्रप सञ्चालनमा ल्याउदै सामाजिक कार्यमा सक्रिय घनश्याम भण्डारीले असहायसंग जन्म दिन मनाएका छन्। धनगढी ग्यालरीका एडमिन समेत रहेका भण्डारीले जन्म दिनको अवसर पारेर आईतबार धनगढीको आमाको माया छात्रवासमा आश्रय लिएर बसेका ३५ जना छात्रहरुलाई शैक्षिक समाग्रीका साथै फलफुल समेत वितरण गरेका छन्।

भण्डारीले ३५ जनालाई दुई÷दुईका दरले ७०÷७० थान कापी, कलम, पेन्सिन,कटर इरेजर र फलफुल वितरण गरेका हुन्। यस्तै भण्डारीले धनगढीका दानदाताबाट सहयोगार्थ संकलन गरेको ५० हजार सात सय ४६ र विदेशबाट सहयोग स्वरुप प्राप्त भएको ३० हजार समेत गरेर ८० हजार ब्लड क्यान्सर पीडित रोशन साउँदका परिवारलाई हस्तान्तरण गरेका छन्।

 

 

कमेन्ट लोड गर्नुस