धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/Pakrau_9_0.jpg?itok=AAX36DS7)
२०८१ माघ १६, ०४:३५
धनगढीः कैललीको धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–३ शहिदगेटबाट ५० मिलिग्राम लागूऔषधसहित बर्दगोरीया गाउँपालिका–३ का २५ वर्षीय समिर बम पक्राउ परेका छन्। अस्थायी प्रहरी पोस्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई बुधवार पक्राउ गरेको हो।
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
कमेन्ट लोड गर्नुस