सुदूर नेपाललाई विश्वसँग जोड्दै

 बाजुरामा छाउगोठ भत्काउने अभियान सुरु

२०८१ माघ १६, ०३:२७ खबर संवाददाता

बाजुराः बाजुरामा छाउगोठ भत्काउने अभियान फेरि पनि सुरु भएको छ।

त्यहाँका गाउँबस्तीमा छाउप्रथा कायमै रहेकाले महिनावारी भएका बेला बस्न बनाइएका छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो। सोमबारदेखि जिल्ला प्रहरी कार्यालय बाजुराले छाउगोठ भत्काउने अभियान पुनः सुरु गरेसंगै जिल्लाको बुढीगङ्गा नगरपालिकामामात्रै २९ वटा छाउगोठ भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

२९ वटा छाउगोठ देखिएपछि स्थानीयको रोहबरमा ती गोठ भत्काउने तयारी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए। उनले भने “अनुगमन गर्दा २९ वटा छाउगोठ भेटिएका छन्। यहाँका जनप्रतिनिधि र स्थानीयको रोहबरमा ती गोठ भत्काउने योजना छ।  सोमवार गोठ भत्काउन लाग्दा स्थानीयले हामी आफैँ भत्काउँछौँ भनेका छन्। केही दिनको समय दिएका छौँ, त्यो समयमा  भत्काएनन् भने हामी आफैँ गएर भत्काउने योजनामा छौँ, साथै यो अभियान जिल्लाको नौवटै स्थानीय तहमा लागुहुने समेत उनले बताए। २०७५ पुस २५ गते बुढीनन्दा नगरपालिका–९, पाण्डुसैनमा छाउगोठमा सुतेको बेला आगलागी हुँदा ३५ वर्षीया अम्बा बोहरा, उहाँका नौ वर्षका छोरा सुरेश र सात वर्षका छोरा रमित बोहरा गरेर तीन जनाको ज्यान गएको थियो। त्यसपछि त्यहाँ छाउप्रथा ‘कुप्रथा’ हो भन्दै विभिन्न स्थानीय तहमा छाउप्रथा उन्मूलन कार्यक्रम सञ्चालन गरिएको थियो।


   
 

कमेन्ट लोड गर्नुस