कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते
२०८१ माघ १५, ०४:४७
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन्।
जिल्लाको घोडाघोडी नगरपालिका–१ लोहारपुरमा सुदूरपश्चिम प्रदेश ०१००९ प १३ १७ नम्बरको मोटरसाइकलले पैदलयात्री ७ वर्षीया बालिका हिमानी बमलाइ सोमवार ठक्कर दिँदा उनी घाइते भएकी प्रहरीले जनाएको छ। घाइते बालिकाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।
कमेन्ट लोड गर्नुस