सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्कुल भ्यान दुर्घटना, तीन जना घाईते

२०७६ असार १५, ०५:२८ खबर संवाददाता

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ मा स्कुल भ्यान दुर्घटना भएको छ। धनगढीकै वडा नम्बर ५ मा रहेको एप्पलसिट मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा भ्यानमा सवार तीन जना विद्यार्थी घाईते भएका हुन्। स्कुलको विदा भएपछि विद्यार्थी पु¥याउन गएको बा १६ च ६९११ नम्बरको भ्यान वडा नम्बर ६ को मट्यारीमा दुर्घटनामा परेको हो। घाईते तीनै जनाको निसर्ग अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तर घाईते विद्यार्थीको नाम भने खुलेको छैन्। 
 

कमेन्ट लोड गर्नुस