सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण

२०८१ माघ १४, ०८:२८ खबर संवाददाता

धनगढीः कैलालीमा छाउगोठमा सुतिरहेको अवस्थामा महिलामाथि बाघले आक्रमण गरेको छ।

जिल्लाको मोहन्याल गाउँपालिका–७ कुइनेमा ४५ वर्षीय सरस्वती बिटालुलाई गएराति बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको बताए ।
 

कमेन्ट लोड गर्नुस