सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री रावल शनिवार सरकारी गाडी चडेपछि ...

२०८१ माघ १२, ०७:३७ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावलले शनिवार सरकारी गाडी दुरुपयोग गरेको भन्दै अवरोध गरिएको छ।

कञ्चनपुरको दैजी चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले रावल चडेको सरकारी गाडी रोकेका हुन्। शनिवार धनगढी आउने क्रममा एमालेका संसदीय दलका नेतासमेत रहेका रावल सवार सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३१८ नम्बरको सरकारी गाडी दैजी चोकमा युवाहरूले रोकिएका हुन्। प्रदेश सभाले गाडी, चालक र इन्धनसहितको सुविधा दिएकाले विशिष्ट व्यक्तिहरूले प्रदेश सभाका सचिवबाट स्वीकृति लिनुपर्ने हुन्छ। रावलको सचिवालयले समेत अनुमति लिएको दाबी गरेको छ। पूर्व मुख्यमन्त्रीको गाडी रोक्ने एक जनालाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो। तर, उनलाई पछि छोडिएको कञ्चनपुर प्रहरीले बताएको छ।

रावलको सचिवालयले विज्ञप्ति जारी गर्दै रास्वपा कार्यकर्ताले गाडी रोकेर चालकलाई गालीगलौज, हातपातको प्रयास र गाडी तोडफोड गर्न खोजेको आरोप लगाएको छ। उक्त घटनाको घोर निन्दा गर्दै दोषीलाई कारबाहीको मागसमेत गरिएको छ। सरकारी गाडीहरू शनिवार वा बिदाको दिनहरूमा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको थियो। तर, प्रदेश संरचना भएपनि मन्त्रालयका सचिवहरू तथा प्रदेश सभाका सचिवले स्वकृति दिने प्रावधान रहेको छ।

कमेन्ट लोड गर्नुस