सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुर्घटनापछि फरार अटो प्रहरीको नियन्त्रणमा

२०८१ माघ १०, ०७:२० खबर संवाददाता

धनगढी : कैलालीमा दुर्घटनापछि फरार भएको अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गोदावरी नगरपालिका–४ वसन्तपुरस्थित महेन्द्र राजमार्गमा बुधवार साँझ दुर्घटना भएको थियो।

गोदावरी नगरपालिका–४ वसन्तपुरका २२ वर्षीय भरत खड्काले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००९ प ९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिने अटो बिहिवार प्रहरीले नियन्त्रणमा लिएको हो। गोदावरी नगरपालिका–ह ०४८ नम्बरको अटो र गोदावरी–४ बेलपानीका ४० वर्षीय मिलन रोकामगरलाई बिहिवार प्रहरीले नियन्त्रणमा लिएको छ। बुधवार साँझ मोटरसाइकललाई ठक्कर दिँदा चालक भरत खड्का र मोटरसाइकलको पछाडी सवार ४८ वर्षीया सुर्जादेवी खड्का घाइते भएका थिए। सुर्जादेवीको उपचारका लागि भारतको दिल्ली लगिएको छ।

 

कमेन्ट लोड गर्नुस