सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा नेकपाका स्थानीय नेतामाथि कुटपिट

२०७६ असार १५, ११:१७ खबर संवाददाता

कञ्चनपुरमा नेकपाका स्थानीय नेतामाथि कुटपिट गरिएको छ। जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ का स्थानीय नेता जनक राज जोशी, लक्ष्मण कार्की र लालझाडी गाउँपालिका वडा नम्बर ५ का दिलिप धामीमाथि कुटपिट गरिएको हो। नेपाली कांग्रेसका स्थानीय नेता दल बहादुर विष्टको समूहले उनीहरु माथी घरेलु हातहतियार समेत प्रहार गरी कुटपिट  गरेको नेकपाले जनाएको छ।

नेकपाका युवा नेता अर्जुन साउँदले पूर्व प्रधान पञ्च समेत रहेका कांग्रेसका स्थानीय नेता विष्टको समूहले  शनिबार राती जोशीको घरमा प्रवेश गरी उनकी श्रीमती राजमतीलाई समेत कुटपिट गरेको बताए भने स्थानीय नन्द माध्यमिक विद्यालय नजिकै रहेको चोकमा बसेका अवस्थामा लक्ष्मणी कार्की र दिलिप धामीमाथि कुटपिट गरिएको जानकारी दिए।

घाईते भएकाहरुलाई उपचारका लागि गएराती नै महाकाली अञ्चल अस्पतालमा भर्ना गरिएकोमा उनीहरुलाई अन्यत्र रेफर गरेको छ।  अञ्चल  अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई खटिमा रेफर गरिएको छ। तर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना सम्बन्धी जानकारी प्राप्त नभएको जनाएको छ। अस्थायी प्रहरी पोष्ट वाणीले उनीहरुमाथि दोहोरो झडपका क्रममा कुटपिट भएको दावी गरेको छ तर कारण भने नखुलेको बताईएको छ। 

कमेन्ट लोड गर्नुस