सुदूर नेपाललाई विश्वसँग जोड्दै

दही चिउरा खाएर सुदूरपश्चिममा पनि धान दिवस मनाइँदै

२०७६ असार १५, ०६:५१ खबर संवाददाता

आज, असार १५ गते सुदूरपश्चिममा पनि धान दिवस विभिन्न कार्यक्रम गरि मनाईदै छ। मुठी खाएर मुरी उब्जाउने महिनाको रुपमा रहेको असारको मध्य अर्थात १५ गतेलाई धान दिवसको रुपमा मनाउने चलन छ। कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही चिउरा खाने चलन रहेको छ। दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। धान दिवसकै अवसरमा सरकारी स्तरबाट समेत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। 

यो बर्ष निर्धारित समयमा मौसम सक्रिय नहुँदा त्यसको प्रभाव रोपाइँमा पनि परेको छ। समयमा मनसुन सक्रिय नभएकाले बल्ल आएर रोपाइँ सुरु भएको छ। नेपालमा मौसमका आधारमा चैते धान, बर्खे धान, भदैया धान, घैया धान र हिउँदे धान (बोरो धान) खेती हुँदै आएको छ। 

कमेन्ट लोड गर्नुस