सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको स्वास्थ्य अवस्था बारे कैलालीमा अन्तरक्रिया सम्पन्न, ‘बरिष्ठ’ शब्दको विरोध

२०७६ असार १४, ०४:४४ खबर संवाददाता

सुदूरपश्चिमको स्वास्थ्य अवस्था बारे कैलालीको बुढितोलामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दीपायलको आयोजना र नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिको समन्वयमा प्रदेशको स्वास्थ्य अवस्था बारे अन्तरक्रिया भएको हो। कार्यक्रममा निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले सुदूरपश्चिममा स्वास्थ्यको वर्तमान अवस्थाको बारेमा प्रतिवेदन पेश गरेका थिए। अहिले संघीय संरचनामा देश गईसकेपछि तीन तहको सरकारविच स्वास्थ्य सेवा प्रदानका लागि समन्वय नै नहुँदा समस्या भईरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले स्वास्थ्य सेवा प्रदानका क्रममा समन्वय नगर्दा अहिले झनै समस्या भईरहेको निर्देशक अवस्थीले बताए। यस्तै स्वास्थ्य सस्थाहरुमा कर्मचारी समायोजनको प्रक्रिया समेत पुरा हुँन नसक्दा सेवा प्रवाहमा समस्या भईरहेको उनले बताए। 

यस्तै कार्यक्रमको ब्यानरमा ‘बरिष्ठ’ पत्रकारसंग अन्तरक्रिया कार्यक्रम लेखिएपछि विरोध भएको छ। पत्रकारको समेत सरकारी कार्यक्रममा मापदण्ड छुट्याईएको भन्दै अहिले सामाजिक सञ्जाल फेसवुकमा विरोध हुन थालेको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम समितिले केही सिमित पत्रकारलाई लगेर बरिष्ठ पत्रकारको दर्जा दिईएको आरोप समेत लागेको छ। कार्यक्रममा सहभागी भएका केही पत्रकारले समेत झुक्याएर कार्यक्रममा बोलाईएको आरोप लगाएका छन्। 

कमेन्ट लोड गर्नुस