सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु, एक घाईते

२०७६ असार १४, ०३:५७

कैलालीमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका र चिसापानीमा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। लम्कीको रोरा नदीमा नुहाउने क्रममा डुबेर लम्कीचुहा नगरपालिका २ का १५ वर्षीय मिलन उपाध्याय र चिसापानीमा रानी जमरा गुलरिया सिचाई आयोजनाको नहरमा डुबेर कोहलपुरका कृष्ण ओलीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले चिसापानीमा वनभोज खान आएका नहरमा नुहाउँने क्रममा वेपत्ता भएका कोहलपुरका ओलीको शव भेटिएको बताए।

दुवै जनाको घटना स्थलमा मुचुल्का उठाउने काम भइरहेकाले केही बेरपछि शव परिक्षणका लागि अस्पताल लगिने बस्नेतले जानकारी दिए। नहर डुबेर घाईते भएका कोहलपुरका करण बुढाथोकीको भने लाल रत्न अस्पताल लम्कीमा उपचार भइरहेको उनले बताए।

कमेन्ट लोड गर्नुस