सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चिसापानीमा नहरमा डुबेर एक जना वेपत्ता

फोटोः दिपेन्द्र वली
फोटोः दिपेन्द्र वली
२०७६ असार १४, ०३:०१

कैलालीको चिसापानीमा नुहाउने क्रममा नहरमा डुवेर एक जना बेपत्ता भएका छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर ३ मा रानी जमरा कुलरिया सिँचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुवेर कोहलपुरका कृष्ण वली वेपत्ता भएको छन् भने उनका सहपाटी करण बुढाथोकी घाईते भएको ईलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ। उनीहरु कोहलपुरबाट वनभोज खान चिसापानी पुगेको थिए। वेपत्ता ओलीको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख दिपेन्द्र कुमार खत्रीले जानकारी दिए। घाईते बुढाथोकीको लालरत्तन अस्पताल लम्कीमा उपचार भइरहेको उनले बताए। 
 

कमेन्ट लोड गर्नुस