सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम यातायातका महासचिवलाई हातपात गर्नेलाई कारबाहीको माग

२०७६ असार १३, ०७:२९

कैलालीका यातायात व्यवसायीहरुले सुदूरपश्चिम यातायात प्रा.लिका महासचिव सुरेन्द्र बोहरालाई हातपात गर्नेलाई कारवाहीको माग गरेका छन्। कैलाली यातायात व्यवसायी उप–समितिले एक विज्ञप्ती जारी गर्दै मालिका यातायात प्रा.लिका पदाधिकारी र कर्मचारीले बोहरालाई हातपात गरेको आरोप लगाउदै कारवाहीको  माग गरेका हुन्। कैलाली यातायात व्यवसायी  उप–समितिका सदस्य समेत रहेका बोहरालाई गत असार ९ गते मालिका यातायात प्रालिका अध्यक्ष, उपाध्यक्ष घनश्याम कटेल र कर्मचारीहरुले कुटपिट गरि कानमा चोट लागेको विज्ञप्तीमा उल्लेख गरिएको छ। असार १८ गते सम्म उनीहरुलाई कारबाही नभए बाध्य भएर सार्वजनिक सवारी पूर्ण रुपमा रोक्ने विज्ञप्तीमा भनिएको छ। 

कमेन्ट लोड गर्नुस