सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–खुटिया सडकमा स्कारपियोले च्यापेर एक महिलाको मृत्यु

२०७६ असार १३, ०४:४९ खबर संवाददाता

धनगढी–खुटिया सडकमा स्कारपियोले च्यापेर एक महिलाको मृत्यु भएको छ भने एक जना घाईते भएकी छिन्। गोदावरी नगरपालिका वडा नम्वर ८ स्याउले नजिक धनगढी–खुटिया सडकखण्डमा से १ च १५३६ नम्वरको स्कारपियोले च्यापेर एक महिलाको मृत्यु भएको हो। गोदावरी नगरपालिका वडा नम्वर ९ कि ३० बर्षीय मनसरा खडायतको घटनास्थलमै मृत्यु भएको हो भने घटनामा घाइते भएकी ४० बर्षीया सिमा विकको पदमा अस्पतालमा उपचार भईरहेको छ।

धनगढी खुटिया सडक संघर्ष समितिका अध्यक्ष हेमवहादुर विष्टले मृतकका आफन्त समेत घटनास्थलमा नपुगि शव उठाएर लगिएको बताए। अहिले सम्म प्रहरीले घटनास्थलको मुचुल्का समेत नउठाएको उनले बताए। गाडी र चालक धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का रोशन पन्तलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस