सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवामा प्याराग्लाइडिङको सफल परीक्षण

। फोटो स्रोत ।
२०७६ असार १३, १२:१९

रसुवामा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरिएको छ। जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ दुर्सागाङबाट बिहीबार प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो। नेपाल भ्रमण वर्ष २०२० र गोसाइँकुण्ड गाउँपालिका भ्रमण वर्ष २०१९ लाई मध्येनजर गर्दै पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउनका लागि प्याराग्लाइडिङको परीक्षण गरिएको जनाइएको छ।

प्याराग्लाइडिङको तीन दिनसम्म परीक्षण उडान हुने र बिहीबार तीन ओटा उडान गरिएको भुल्दीगाङ प्याराग्लाइडिङ उपभोक्ता समितिका अध्यक्ष शेराप साङ्बो तामाङले बताए। उनका अनुसार एउटा सोलो (सिङ्गल) र दुई ओटा ट्यान्डम (डबल) फ्लाइट गरिएको हो। उनले भने, शुक्रबार पाँच ओटा उडान गरिने छ, क्षेत्र प्याराग्लाइडिङको लागि उपयुक्त छ, यो क्षेत्रमा जुनसुकै ठाउँबाट पनि उडान गर्न सकिने देखियो, तर ‘अवतरणका लागि ठाउँको अभाव छ पाइलट विजय चौलागाईँले भने।

गोसाइँकुण्ड गाउँपालिकाले भ्रमण वर्ष २०१९ घोषणा गरेको छ। जिल्लामा पर्यटक भित्र्याउनका लागि जल पर्यटन, धार्मिक पर्यटन तथा ऐतिहासिक पर्यटनको सम्भावना रहेको छ। गाउँपालिकाले स्याफ्रुबेसी गोसाइँकुण्ड पदमार्ग सञ्चालन तथा धुन्चे गोसाइँकुण्ड केबलबार निर्माण गर्ने प्रक्रिया समेत अघि बढाएको जनाएको छ। 

कमेन्ट लोड गर्नुस