कञ्चनपुर अदालतमा जबरजस्ती करणीमा पेसी तोकिएका २ मुद्दा स्थगित
धनगढीः कञ्चनपुरमा जबरजस्ती करणीका घटना बढेका छन्। जिल्ला अदालत कञ्चनपुरमा जबरजस्ती करणीमा दायर भएका मुद्दामध्ये आज (मंगलबार) का लागि चारवटा मुद्दाको पेसी तोकिएको छ।
तर २ वटा मुद्दाको पेसी भने आजका लागि स्थगित गरिएको छ। एउटा मुद्दाको भने सुनुवाई भइसकेको छ। २०८० असोज २१ गते जिल्लाको त्रिभुवन वस्तीकी एक महिलाले जबरजस्ती करणीमा मुद्दा दायर गरेकी थिइन। त्रिभुवन वस्तीकै २ जना विरुद्ध दायर गरिएको मुद्दाको पेसी मंगलबारका लागि तोकिएको हो।
तर सो मुद्दाको पेसी आजका लागि जिल्ला सरकारी वकिल कार्यालयबाट स्थगित गरिएको छ। यस्तै २०८१ बैशाख १८ गते जबरजस्ती करणीमा झलारीकी महिलाले झलारीकै एक जना विरुद्ध मुद्दा दायर गराएकी थिइन। सो मुद्दाको सुनुवाई भइसकेको जिल्ला अदालत कञ्चनपुरले जनाएको छ।
यस्तै जबरजस्ती करणी उद्योगमा २०८० बैशाख २४ गते बेलौरीकी महिलाले कर्णबहादुर सुनार विरुद्ध दायर गरेको मुद्दाको पेसी पनि मंगलबारका लागि तोकिएको छ। २०७९ मंसिर १६ गते अर्की पीडित महिलाले जबरजस्ती करणी उद्योगमा रमेश ऐर विरुद्ध दायर गरेको मुद्दाको पेसी तोकिएकोमा आजका लागि जिल्ला सरकारी वकिल कार्यालयबाट स्थगित गरिएको छ।