सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्थानीयले ११ हजार धरौटी बुझाउन नसक्दा खानेपानी योजना नै स्थानान्तरण

२०७६ असार १३, ११:३९ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ६ शिवनगर टोलका स्थानीयले धरौटी रकम जम्मा गर्न नसक्दा खानेपानी योजन नै स्थानान्तरण भएको छ। सो क्षेत्रका स्थानीयलाई शुद्ध खानेपानीको पहुचमा पु¥याउनको लागि उप–महानगरपालिकाले साढे तीन लाख रकम विनियोजन गरेको भएपनि खानेपानीको धारा जडान गर्नको लागि ११ हजार धरौटी जम्मा गर्नुपर्ने प्रावधान भएका कारण उक्त रकम बुझाउन नसकेपछि योजना नै स्थानान्तरण गरिएको हो।

सार्की टोल भनेर चिनिने शिवनगरटोलमा करिव ५० परिवारको दलित वस्ती रहेको छ। सो ५० घरधरीका लागि नजिकै रहेको मट्यारी खानेपानी ट्याङकीबाट १७ वटा धारा जडान गर्ने लक्ष्य राखिएको थियो। तर स्थानीय नरेश सार्कीले एक धारा वापतको ११ हजार रकम खानेपानी संस्थानलाई बुझाउन नसक्दा खानेपानी योजना नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए।  स्थानीयले आफूहरु दलित समुदायको नागरिक भएकै कारण अन्य भौतिक पुर्वाधार विकासमा पनि सरकारले हेपेको गुनासो गरेका छन्।

स्थानीय तह, प्रदेश तथा प्रतिनिधीसभाको निर्वाचनका वेला विभिन्न राजनितिक दलका नेताहरुले टोलमा रहेका सबै समस्याको समाधान गर्ने बाचा सहित चुनाव जितेको भएपनि त्यसपछि स्थानीयलाई वास्ता नगर्दा भोट बैंकको रुपमा मात्रै प्रयोग गरेको आरोप लागेको छ। स्थानीय भीम सार्कीले चुनावमा चिल्ला भाषण गरी भोट माग्ने नेताहरु खानेपानीको समस्या समाधान गर्न अग्रसर नभएको आरोप लगाए। 

उनले नजिकै मट्यारीमा रहेको खानेपानी संस्थानको ट्याङकी रहेकाले हेरेर चित्त बुझउनु पर्ने अवस्था रहेको भन्दै हाते पप्पको आर्सनिकयुक्त पानी पिउनुपर्ने बाध्यता रहेको गुनासो गरे। यता धनगढी उप–महानगरपालिकाले भने सो टोलमा खानेपानी योजना कार्यन्वयन गर्नको लागि स्थानीयले धरौटी जम्मा नगरेपछि स्थानान्तरण गरिएको जनाएको छ।

सो रकम अहिले वडा नम्बर ६ कै विजुलियामा निर्माण गरिने आम्दाघाट सिँचाई कुलो निर्माणका लागि स्थानान्तरण गरिएको हो। वडा कार्यालय र उप–महानगरपालिकाले नागरिकलाई भुलाउनका लागि खानेपानी संस्थानलाई सिफरिस गरेको भएपनि बजेट थप गर्नतर्फ ध्यान नदिएको देखिएको छ।  उप–महानगरपालिकाका ईन्जिनियर द्धिजराज भट्टले स्थानीयले धरौटी रकम जम्मा गर्न नसक्दा खानेपानी योजना लागु गर्न नसकिएको बताए। खानेपानीको योजना स्थानान्तरण गरेर उप–महानगरपालिकाले सोही टोलमा करिव दुई लाखको लगानीमा चार ओटा हाते पप्प गाडेको छ। ठेक्का सम्झौता मार्फत पप्प गाडिएको भएपनि गहिराई कम राखेकाले पिउन योग्य पानी नआउने गरेको स्थानीयको गुनासो छ।
      
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस