सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली भन्सार कार्यालयले लगाएको ब्यारियल हटाउन कञ्चनपुरबासीको माग

२०८१ पुष २२, १२:४३ खबर संवाददाता

कञ्चनपुरः कैलाली भन्सार कार्यालयले सुरक्षाका लागि लगाएको ब्यारियलले कञ्चनपुर बासीलाई समस्या भएको छ।

आइतबार बेलौरी घर भएका सामाजिक अभियान्ता धर्मेन्द्र गिरी लगायतको टोलीले अनागरिक बनाएको र तत्काल समस्या समाधानको माग राख्दै कैलाली भन्सार कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका बताएका छन्। कञ्चनपुरको चार पालिका पुनर्वास, बेलौरी, लालझाडी र बेलडाँडीका नागरिकलाई सबैभन्दा बढी समस्या भएको सामाजिक अभियान्ता गिरीले बताए।

उनले यसको समाधान भइरहेको भन्ने भन्सारका अधिकृतबाट बुझिएको बताए। सोही टोलीमा सहभागि गोपाल दाहालले पटकपटक व्यवस्थापनका लागि पहल गर्दै आइरहेको र अहिलेसम्म समस्या हल हुन नसकेको बताए। कञ्चनपुरको शिक्षा, स्वास्थ्य र कृषि उपज बिक्रि लगायत कामकाजका लागि नजिकको बजार धनगढी नै भएकाले यसलाई बढी प्राथमिकता राखेको उनलको भनाई छ।

भन्सार अधिकृत र सिडियोले ब्यारियल सार्ने विषयमा समन्वय भइरहेको र दुईचार महिनामै समस्या समाधान हुने आश्वासन दिएको उनले बताए। स्थानीय लक्ष्मण दियालले भन्सारले ब्यारियल सार्ने भनि भवन बनेको दुई वर्षसम्म पनि कार्यान्वय नहुनु निकै हास्यास्पद भएको बताए। कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत तेजबहादुर रावलले नयाँ भवन बनिसकेकाले छिट्टै सीमा नजिक ब्यारियल सारिने दाबी गरेका छन्।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले कैलाली र कञ्चनपुरको संयुक्त भुगोल भन्सार कार्यालय र दशगजाको बिचमा भएका कारण समस्या आएको बताए। ज्ञापनपत्र बुझाउन सामाजिक धर्मेन्द्र गिरी, गोपाल दाहाल, लक्ष्मण दियाल, गोविन्द सापकोटा, पदम शाह, सशीधर न्यौपाने, आसरे बडायक, कर्मसिंह राना लगायत भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

कमेन्ट लोड गर्नुस