अछाममा भिरबाट खसेको ढुङ्गा लाग्दा बालक घाइते
२०८१ पुष २१, ०६:५३
अछामः अछाममा भिरबाट खसेको ढुङ्गा लाग्दा बालक घाइते भएका छन्।
जिल्लाको मेल्लेख गाउँपालिका‑३ दर्वास्थित पानी मुलको डाडामा बाख्रा चराउने क्रममा भिरबाट खसेको ढुङ्गा लागेर लोकेन्द्र बुडाका ७ वर्षीय छोरा सुशान्त बुडा घाइते भएका हुन्। घाइते सुशान्तको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
कमेन्ट लोड गर्नुस