सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा असारे विकासको चटारो

२०७६ असार १३, ०७:२१ रोशन भट्ट

धनगढी उप–महानगरपालिकाका मेयर नृप बहादुर वडले केही समय अगाडी दिनेश खवरसंगको कुराकानीमा असारमा कुनै पनि विकास निर्माणको काम नगर्ने दावी गरेका थिए। तर असारको दोस्रो साता सकिनै लाग्दा पनि उप–महानगरपालिकाको जम्मा प्रगती ५४ प्रतिशत मात्रै देखिएको छ। जस्ले गर्दा अहिले उप–महानगरपालिकालाई प्रगती बढाउनका लागि असारे विकासको साहारा लिनुपरेको छ। योजना कार्यन्वयनमा ढिलासुस्ती भएपछि आर्थिक वर्षको अन्त्यमा आएर वजेट सक्नकै लागि हतार–हतारमा काम भईरहेको आरोप वडा नम्बर ६ का स्थानीय नरेश सार्कीको छ। धनगढी उप–महानगरपालिकालाई मात्र होईन, सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाइ, प्रदेश कार्यन्वयन ईकाइ, सडक डिभिजन कार्यालय, प्रदेश सरकारका मन्त्रालयहरुलाई पनि अहिले असारे विकासले छोएको छ। अहिले त मनसुनी बर्षा भईरहेकै समयमा पनि विकासे योजना कार्यान्वयन भईरहेका छन्। 

गत विगतका वर्ष झै यस वर्षपनि कैलालीका विकासे अड्डाहरुलाई अहिले असारे विकासको चटारो लागेको छ। वर्ष भरीका ११ महिनाको अवधीमा काम नगरेर आर्थिक वर्षको अन्त्यमा विकास निर्माणका कामले तिव्रता पाएपछि यस वर्ष पनि असारे विकासको चटारो लागेको हो। कार्यकर्ता पोस्न र बजेट सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा आएर काम भईरहेको आरोप जिल्लावासीले लगाएका छन्। हतारमा हुने विकास निर्माणका योजना दीर्घकालिन प्रयोगका लागि उपयुक्त नहुने तथा ठूलो मात्रामा आर्र्थिक चलखेल पनि हुने देखिएको धनगढी वडा नम्बर २ का स्थानीय लोकेन्द्र बहादुर सिंहले बताए। ‘बजेट सक्नकै लागि अहिले हतार हतार काम भईरहेको छ,’ उनले भने, ‘अहिले खर्च भएको बजेटको उपलव्धि हुने देखिएको छैन्।’

यसरी आर्थिक वर्षको अन्त्यमा वजेट सक्नैकै लागि कार्यन्वयन भईरहेका योजना बर्ष दिन टिक्न सक्नेमा स्थानीयको आशंका छ। विगतदेखि नै बर्षका ११ महिना आधा र असारमा आधा गरि विकास बजेट ७० देखि ८० प्रतिशत खर्च गर्ने परिपाटी रहेको छ। यस्मा जनप्रतिनिधि आएपछि सुधार हुने आशा धेरेमा पलाएको थियो। तर जनप्रतिनिधि आईसकेपछि विकास निर्माणको काम झनै पछाडी धकेलीन थालेपछि असारे विकासले अझै प्रसय पाईरहेको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस