कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ
२०८१ पुष २१, १०:४१
कञ्चनपुरः कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१० सुकासालबाट भीमदत्त–९ ब्रहम्देवका २५ वर्षीय गगनसिह पाल ९० मिलिग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।
अस्थायी प्रहरी पोष्ट सुकासालबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पाललाई नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस