सुदूर नेपाललाई विश्वसँग जोड्दै

बसको ठक्करबाट घाईते भएकी महिलाको उपचार क्रममा मृत्यु भएपछि लम्कीमा राजमार्ग अवरुद्ध

२०७६ असार १२, ०९:१९ खबर संवाददाता

गत फागुनमा बसको ठक्करबाट गम्भीर घाईते भएकी एक बृद्ध महिलाको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयले क्षतीपूर्तीको माग गर्दै कैलालीको लम्कीमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएको छ। सुदूरपश्चिम यातायातको बसले ठक्कर दिदा घाईते भएकी लम्कीचुहा नगरपालिका १ की ६५ वर्षीया बृद्धको उपचारका क्रममा भारतको लखनउमा आज मृत्यु भएपछि स्थानीयले राजमार्गमा अवरोध सिर्जना गरेका हुन्। ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नीरिक्षक सुरेन्द्र जोशीले स्थानीयले क्षतीपूर्तीको माग गर्दै केही बेर राजमार्ग अवरुद्ध पारेको बताए। तर मृतकका आफन्तलाई सम्झाई बुझाई गरेपछि भने राजमार्ग सुचारु भएको उनले बताए। मृतकको नाम र बस नम्बर भने आफू बाहिर रहेकाले भन्न नसकिने उनले बताए। 

कमेन्ट लोड गर्नुस