सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा तस्करी हुन लागेको जडिबुटी सहित १४ जना नियन्त्रणमा

२०७६ असार १२, ०६:५९ प्रकाश सिंह

बाजुरा–जिल्लाको बुढिन्नदा नगरपालिकाबाट तस्करी हुन लागेको जडिबुटि, ठेकेदार र भरीयालाई प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ। अनुमति बिना बुढिन्नदा नगरपालिका ४ बाट संकलन गरि भरीया मार्फत ढुवानी गरेर गोदाममा जम्मा गरीरहेका बेला बुढिन्नदा नगरपालिकाको बिरसैनमा प्रहरी र बन कर्मचारीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले १२ बोरा सेतकचिनी, एक बोरा सुगन्धवाल र एक बोरा कटुकी गरि ४ सय ६३ किलो जडिबुटी नियन्त्रणमा लिएको सिप पादुका सब डिभिजन बन कार्यलयका बन रक्षक जयलाल बिकले वताए। 

साथै ठेकेदार र भरिया समेत नियन्त्रणमा लिईएको छ। ठेकेदार नेपालगञ्ज उप–महानगरपालिका २ बस्ने ४५ बर्षका गगन राना र ४२ बर्षका नारद गिरी रहेको इलाका प्रहरी कार्यलय कोल्टी बाजुराका प्रहरी नायव निरिक्षक शेरबहादुर कँुबरले वताए। यस्तै बुढिन्नदा नगरपालिका ४ का जडिबुटी बोक्ने १२ जना भरियालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिईएको जडिबुटी सहित ठेकेदार र भरियालाई जिल्ला प्रहरी कार्यलय बाजुरामा ल्याउन लागिएको छ। डिभिजन बन कार्यलय बाजुराका डिभिजनल बन अधिकृत भिम प्रसाद कडेलले भने गैर कानुनी रुपमा जडिबुटी निकासी गर्नेलाइ कार्यवाहीका लागि अदालतमा मुद्धा चलाईने वताए। 

सेतकचिनी संकलन र निकासी बन्द गरिएको उनले वताए। ठेकेदार नारद गिरिले छुटपुर्जिको कागज देखाएको भएपनि उक्क्त कागज भने गएको बर्ष अबैध रुपमा संकलन भई अदालत बाट लिलाम बिक्रीका लागि निकालिएको बुझिएको छ। सेतकचिनी जडिबुटी नेपालका ९ वटा जिल्लामा पाईने गरेको छ। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस